दफा १२
नियम बनाउने अधिकार :

(१) यो ऐनको उद्देश्य कार्यान्वित गर्नको लागि नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ र ती नियमहरू नेपाल राजपत्रमा प्रकाशित भएपछिलागू हुनेछन्।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपारी ती नियमहरूमा खास गरी देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछः–
(क) आयोगका सदस्यहरूको सेवाको शर्त तोक्ने,
(ख) आयोगले यस ऐन अन्तर्गत गर्नु पर्ने जाँचबुझको सम्बन्धमा अपनाउनु पर्ने कार्यविधि व्यवस्थित गर्ने, र
(ग) आयोगले प्रयोग गर्न पाउने अरू अधिकार तोक्ने ।